अधिकारकर्मी रुबी खान प्रहरीले पक्राउ

अधिकारकर्मी रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गर्न पुगेकी उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

अपहरणपछि हत्या गरिएकी बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायको माग गर्दै करिब दुई महिनादेखि माइतीघर मण्डलामा खानसहितको समूहले धर्ना गरिरहेका छन्।

उनीहरुले गृहमन्त्रीलाई खोज्न सिंहदरबार जान लागेको भन्दै नारा लगाएका थिए।