मन्दिरको भेटी खुलेआम गोजीमा

दक्षिणी भारतको बेंगलुरु, बायटारायणपुरस्थित गाली अञ्जनेय मन्दिरमा चलिरहेको लुटधन्दा पर्दाफासको एउटा भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । मन्दिर व्यवस्थापन समितिको उपस्थितिमा प्रशासनका कर्मचारीले दान तथा भेटी रकम गनिरहेको भिडियोमा देखिन्छ । 

त्यत्तिकैमा प्रशासनकै कर्मचारीले सबैको आँखा छलेर पैसाको बिटो अर्को व्यक्तिलाई दिन्छन् । कतिसम्म भने,यो काममा पुजारी पनि संलग्न रहेको देखिन्छ । एक जना पुजारीले पैसाको बिटो ढाडको पछाडि भागमा लुकाएर अर्को पुजारीलाई दिएको देखिन्छ । भिडियोले उक्त मन्दिरमा भक्तजनहरुको पैसा लुटिएको भन्ने आशंकालाई प्रमाणित गरेको छ । 
 एक वर्षअघिको घटना भनेका छन् । उनका अनुसार घटनामा संलग्न व्यवस्थापन समितिका दुई जना सदस्य र प्रशासनका दुई कर्मचारीलाई कारबाही गरिसकिएको छ । 

त्यसो त,भिडियो भाइरल भएपछि भक्तजनले आफूहरुको पैसामा लुटधन्दा चलाउने चारै जनामाथि कानुनी कारबाहीको माग गर्दै आवाज उठाएका थिए । गतसाता चारै जनाविरुद्ध एफआइआर दर्ता गरेर अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।