सुनकाे मूल्य बढेकाे बढै, बन्याे नयाँ किर्तिमान

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारसम्म घटेर कारोबार भएको सुनको भाउ बुधबारदेखि बढ्न थालेको हो । 

बिहीबार बजारमा प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढ्दा हालसम्मकै उच्च भएको महासङ्घले जनाएको छ । 

मूल्य बढेसँगै बजारमा आज सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको छ । 

यता, चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ९ सय ८० रुपैयाँ पर्नेछ ।