सातु खानुका केही फाइदाहरू

प्रायः मानिसहरू गर्मी मौसममा सातु खाने गर्छन् । सातु स्वादका लागि मात्र प्रसिद्ध छैन स्वास्थ्यको दृष्टिकोणले पनि सातुको सेवनलाई निकै लाभदायक मानिन्छ । सातुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ र गर्मीमा शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्छ । 

सातु खानुका केही फाइदाहरू 

– कतिपय मानिसहरूलाई पटक पटक भोक लाग्ने हुन्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन् । उनीहरूका लागि सातुको प्रयोग फाइदाजनक हुनसक्छ । सातुको सर्बत बनाएर पिउने गर्नाले लामो समयसम्म भोकको अनुभूति हुँदैन । 

 – सातु प्रोटिनको लागि राम्रो श्रोतको रूपमा चिनिन्छ । सातुले पेटमा हुने समस्यालाई ठिक गर्नुका साथै लिभरलाई पनि बलियो बनाउँछ । खानेकुरालाई सजिलैसँग पचाउँछ जसले गर्दा कब्जियतबाट पनि छुटकारा पाउन सकिन्छ । 

– जौ र चनाले बनाएको सातु डाइबिटीजका लागि लाभदायक मानिन्छ । डाइबिटीजका बिरामीहरूलाई नियमितरुपमा सातुको सेवनले धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् । 

 – सातुको सेवनले शरीरमा छिट्टै ऊर्जा दिन्छ । शरीरलाई कमजोर हुन दिँदैन । 

– सातुको सेवन मोटोपनबाट हैरान भएका मानिसहरूका लागि रामवाण नै मानिन्छ । नियमित रूपमा सातु सेवन गर्नाले पाचन प्रक्रिया सही तरिकाले काम गर्छ र मोटोपन समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– उच्च रक्तचापका बिरामीहरूका लागि पनि सातुको सेवन अमुक उपाय हो । सातुमा कागतीको थोरै रस, नुन, पानी र जिरा मिश्रण गरेर सेवन गर्नुपर्छ ।