दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

काठमाडाैँ,१८ असोज: दसैँ बिदाका समयमा पनि बन्दीप्रत्यक्षीकरण रिटसहितका अन्य जरुरी निवेदनको सुनुवाइका लागि अदालतहरू खुला हुने भएका छन् । 

सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतले निश्चित दिनबोहक अन्यमा सुनुवाइको तालिका बनाएका छन् । आलोपालोमा न्यायाधीश उपस्थित हुने गरी इजलास व्यवस्था भएको अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । घटस्थापनादेखि असोज ३० गते कोजाग्रत पूर्णिमासम्म अदालतहरू औपचारिक रूपमा बन्द रहने छन् । 

सर्वोच्च प्रशासनका अनुसार घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने छ । निवेदन सुनुवाइका लागि ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने छ । 

यस्तै सर्वोच्चबाहेक मातहतका उच्च र जिल्ला अदालतहरूले पनि सेवा र सुनुवाइको समय तोकेका छन् । उच्च अदालतहरूले पनि बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्ने छन् । जिल्ला अदालतहरूले फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ९ अनुसारका निवेदनको सुनुवाइ गर्ने छन् । पक्राउ पुर्जी जारी गर्नेसम्बन्धी निवेदन र पक्राउ पुर्जी समर्थनको सुनुवाइ गर्ने छन् । काठमाडौँ जिल्ला अदालतले शनिबार र विजयादशमीबाहेकका अन्य दिनमा यस्ता निवेदनको सुनुवाइ गर्ने गरी सूचना जारी गरेको छ । बिहान ११ देखि ३ बजेसम्म अदालत खुला हुने छ ।

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा (पूर्णपाठ)

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार…

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ : सर्वोच्च

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ …

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

‘सिधा कुरा’ले अदालतको मानहानि गरेको ठहरकाे(पूर्णपाठसहित)

‘सिधा कुरा’ले अदालतको मानहानि गरेको ठहरकाे(पूर्णपाठसहित)