पूर्व राजा शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडाैँ,१८ असोज: पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । 

संवाद सचिवालयले दिएको जानकारी अनुसार  पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । 

पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।