हुण्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले भेनु इ भेरियन्ट पनि उत्पादन

नेपालमा हुण्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले भेनु इ भेरियन्ट पनि उत्पादन सुरु गरेको छ । कम्पनीले २०२४ मे बाट भेनु एस-एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी कम्पनी हो ।

कम्पनीले नेपालमा हुण्डाई भेनुको व्यावसायिक उत्पादन सुरुसँगै ‘हुण्डाई नेपालः मेड योर जर्नी’ नामक क्याम्पेन पनि सुरु गरेको थियो । क्याम्पेनअन्तर्गत हालसम्म करिब दुई सय ५० गाडी आफ्ना डिलरमार्फत् बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

हुण्डाई भेनु ईको प्रारम्भिक मूल्य सीमित अवधिका लागि ४० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । हाल नेपालमा उपलब्ध भेनुका अन्य भेरियन्टको मूल्य क्रमशः ४४ लाख ९६ हजारदेखि ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीले मेड इन नेपाल हुण्डाई भेनुमा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने भएको छ । लक्ष्मी मोटर कर्पोरेसनले थप भेरियन्ट तथा अन्य मोडल पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ