सुरु भयो नवरात्र, शक्तिपीठ रंगीचंगी बत्तीले झकिझकाउ

नेपालीको सबैभन्दा ठूलो चाड बडादसैँ सुरु भइसकेको छ। आज बिहान घरघर र शक्तिपीठहरूमा जमरा राखिएको छ। आजैबाट नवरात्र पनि सुरु भएको छ।

बडादसैँको आगमनसँगै शक्तिपीठहरू सिँगारेर मनमोहक बनाउने चलन छ। खासगरी दुर्गा भवानीको पूजा गरिने मठ मन्दिरलाई सरसफाइ तथा र‌ङरोगन गरेर चिटिक्क बनाइएको छ।काठमाडौँको मैतीदेवी मन्दिर स्थानीयले झिलिमिली बनाएका छन्। बत्तीले सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरिन्छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।

घटस्थापनादेखि नहानवमीसम्मका रातलाई नवरात्र भन्ने गरिन्छ। नवरात्रभर शक्तिपीठहरूमा देवीको उपासना गरिन्छ।  

यस्तै अर्को शक्तिपीठ कालिकास्थान पनि रंगीचंगी बत्तीले झकिझकाउ पारिएको छ।