‘पौराणिक आदर्श नारीहरू’ लोकार्पण

 शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ ।

स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवं लीलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय कास्कीका प्रमुख लीलाधर पौडेल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह‘बाबा’ लगायतले पुस्तकको लोकार्पण गर्नुुभएको हो ।
    
पुस्तकबारे समीक्षा गर्दै प्रा डा रामनाथ ओझाले पौराणिक आदर्श नारीहरू अनुुसूूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, सकुन्तला, सावित्री, सीता र सुलोचनाका सम्बन्धमा पुुस्तकमा चर्चा गरिएको बताउनुुभयो ।

नारीहरूको पतिव्रता चरित्र तथा त्यसबाट प्राप्त गरेको शक्तिलाई कृतिमा प्रस्तुत गरिएको बताउँदै उहाँले रामायण र महाभारतका पात्रहरूलाई पुस्तकमा प्रस्तुत गरिएको जानकारी दिनुुभयो । वर्तमानमा उत्तरआधुुनिकतातर्फ बढिरहेको हाम्रो समाजलाई पुस्तकले पूर्वीय आदर्शमा डो¥याउने काम गरेको उहाँले बताउनुुभयो ।
    
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले प्रतिष्ठान भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा लागेको बताउनुुभयो । साहित्य, कला सङ्गीतका क्षेत्रमा राज्यको सहयोग पुुग्नुुपर्नेमा उहाँले जोड दिनुुभयो ।