वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

 प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले  न्यायालय सुधारका योजनासहित २४ बुँदामा कार्ययोजना प्रस्तुत गरेका छन् । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् । प्रस्तावित प्रधानन्यायाधीश राउतले बायोमेट्रिक पद्धति विकास गरी अदातहरुमा मुद्दाका पक्षहरु अनलाइनबाटै उपस्थित हुने व्यवस्था गर्ने पनि बताएका छन् । न्यायिक काम कारबाहीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगको सम्भाव्यता अध्ययन गर्ने पनि उनको कार्ययोजना छ । अदालतको मिसिल कागजातहरुका विद्युतीय प्रति मुद्दाका पक्ष

https://barnanmedia.com/news/detail/197143/

प्रस्तावित प्रधानन्यायाधीश राउतले संसदीय समितिमा प्रस्तुत गरेको कार्ययोजना

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले  न्यायालय सुधारका योजनासहित २४ बुँदामा कार्ययोजना प्रस्तुत गरेका छन् । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् । प्रस्तावित प्रधानन्यायाधीश राउतले बायोमेट्रिक पद्धति विकास गरी अदातहरुमा मुद्दाका पक्षहरु अनलाइनबाटै उपस्थित हुने व्यवस्था गर्ने पनि बताएका छन् । न्यायिक काम कारबाहीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगको सम्भाव्यता अध्ययन गर्ने पनि उनको कार्ययोजना छ ।

https://barnanmedia.com/news/detail/197192/

 प्रधानमन्त्री र मन्त्रीहरूलाई सार्वजनिक रूपमै बहिष्कार गर्नुपर्छ : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरूलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन् ।  बाढीपहिरोको विपत्तिले सयौँको संख्यामा नागरिकले ज्यान गुमाएको र अझै दर्जनौँ बेपत्ता रहेको अवस्थामा सरकार लुकेर बसेको भन्दै साहले सार्वजनिक रूपमै प्रधानमन्त्री ओली र मन्त्रीहरूलाई बहिष्कार गर्नुपर्ने बताए ।

चीनमा युवा बेरोजगारी यो वर्षकै उच्च

चीनमा युवा बेरोजगारी यो वर्षकै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार युवा बेरोजगारी १८.८ प्रतिशतरहेको छ । त्यसअघि सन् २०२३ को जुन महिनामा युवा बेरोजगारी दर २१.३ प्रतिशत पुगेको थियो । पछि ब्युरोले तथ्यांक निकाल्ने पद्धतीमा संशोधन गर्दै अध्ययन गर्ने तहका युवाहरूलाई समेट्न छाडेको थियो । यस वर्षको जुन महिनामा मात्रै झण्डै १ करोड २० लाख विद्यार्थी चिनियाँ विश्वविद्यालयबाट दीक्षित भएका छन् । यस्तो अवस्थामा बढ्दो बेरोजगारीलाई चिनियाँ श्रम बजारमा देखिएको तीव्र प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

२१ असोजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । गत वर्षको दसैँमा तीन हजार खसीबोका र च्यांग्रा खरिद गरेको खाद्यले यस वर्ष घटाएको हो । यसपटकको दसैँलाई एक हजार ४०० खसीबोका र ३०० च्यांग्रा खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।उनका अनुसार, मुस्ताङबाट ३० च्यांग्रा काठमाडौंका लागि हिँडाइएको छ । त्यस्तै,  दाङ, नवलपुर र  वीरगन्जबाट एक हजार ४०० खसीबोका खरिद गरिएको छ ।

गोरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु 

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने 

गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न  सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलव्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताउनुभयो । “

कोशी ब्यारेजको मर्मत गरिँदै 

काठमाडौँ, १७ असोजः यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।   मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो । बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

कर्णालीको परिचयमा अब क्रिकेट पनि थपियाे : सांसद गौतम 

प्रतिनिधि सभा सांसद सोविता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको जनाएकी छिन् ।  बिहीबार पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताइन् । ‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दैछ । यो सुरूवातका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यबाद तथा बधाई,’ उनले भनिन् ।  काठमाडौं २ क्षेत्रबाट सांसदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गौतमले सामाजिक संञ्जालमा लेखेकी छिन्, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृती, भेषभुषा, जडिबुटी, अर्गानिक उत्पादनसँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिनेछ ।’

वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो,सात सय ७४ स्थानको हटाइयाे

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ। मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिएको जानकारी दिएको हो।यस्तै, पाँच मुख्य राजमार्गका ३९ स्थानमा पहिरो हटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ। 

आईसीसी महिला टी- २० विश्वकप क्रिकेटमा बंगलादशकाे विजयी सुरुवात

बंगलादशले आईसीसी महिला टी- २० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै अंकको जोडेको हो ।   सारजहामा बंगलादेशले दिएको १२० रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो । उसका लागि साराह ब्रिसले ४९ रन बनाए पनि टोलीलाई जित भने दिलाउन सकिनन् । रितु मोनीले बंगलादेशका लागि २ विकेट लिइन् ।  

इजरायली आक्रमणको केही दिनमा सिरियामा इरानी सैन्य सल्लाहकारको मृत्यु

सिरियामा रहेको रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको यसै साताको सुरुमा दमास्कसमा भएको इजरायली आक्रमणमा चोट लागेपछि बिहीबार निधन भएको इरानी सञ्चारमाध्यमले बताएको छ । सैन्य ‘सल्लाहकार’ मजिद दिवानी ‘तीन दिनअघि दमास्कसमा भएको इजरायली आक्रमणमा घाइते भएको’ र बिहीबार उनको मृत्यु भएको तस्निम न्युज एजेन्सीले बतायो ।सिरियाका साथै लेबनानमा हालैका इजरायली आक्रमणहरूमा आफ्नो पङ्क्तिमा धेरै मृत्युको घोषणा गरेको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्र्सले दिवानीको मृत्युको पुष्टि गरेको छैन ।

बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालियाे 

यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।  मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो । बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । 

राति कोसी , मधेस , बागमती र गण्डकीमा वर्षाको सम्भावना

हाल (बिहीबार साँझ) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।  अनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति (शुक्रबार बिहान ६ बजेसम्म) राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

इजरायल सरकारद्वारा रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत नाम सार्वजनिक

 इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत नाम सार्वजनिक गरेको छ ।वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुई हजार दुई जनामध्ये दुई हजार ११२ जनाको नाम सार्वजनिक गरेको हो ।  नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो । 

अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको संख्या १८० पुग्याे

 अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको संख्या १८० पुगेको छ । दक्षिण-पूर्वी अमेरिकी राज्यहरू यसबाट प्रभावित छन् ।  राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए र आँधीका कारण भएको विनाश हेर्न गएका थिए । आँधीका कारण सयौं मानिस अझै बेपत्ता छन् । खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ । बाइडेनले आँधीबाट प्रभावित छ राज्यहरूमा ६ हजार नेशनल गार्ड र ४८ सय संघीय सहायताकर्मीहरूलाई मद्दत गर्न एक हजार सक्रिय सेना पठाएका छन् ।

राप्रपामा विभागीय प्रमुख हेरफेर र मनोनयन, राजनीतिक विभागमा रवीन्द्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् । उनले अन्य केही विभागमा प्रमुख मनोनयन गरेका छन् । अध्यक्ष लिङ्देनले संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई चयन गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

 श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।  शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भन्नुभयो, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।”  धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । 

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता

पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो ।  पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो ।

एभरेस्ट महिला भलिबल लिग : मधेश युनाइटेडमाथि काठमाडौँको रोमाञ्चक जित

 काठमाडौँ स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा रोमाञ्चक जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३–१ को सेटमा हरायो ।पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौँले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै २५–२३, २५–१५, २५–१८ को जित निकालेको थियो । काठमाडौँको यो लिगमा तेस्रो जित हो । यस जितसँगै काठमाडौँले चार खेलबाट नौ अङ्क बनाएको छ । चारवटै खेल गुमाएको मधेश अङ्कविहीन छ ।