अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको संख्या १८० पुग्याे

 अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको संख्या १८० पुगेको छ । दक्षिण-पूर्वी अमेरिकी राज्यहरू यसबाट प्रभावित छन् । 

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए र आँधीका कारण भएको विनाश हेर्न गएका थिए ।

आँधीका कारण सयौं मानिस अझै बेपत्ता छन् । खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ । बाइडेनले आँधीबाट प्रभावित छ राज्यहरूमा ६ हजार नेशनल गार्ड र ४८ सय संघीय सहायताकर्मीहरूलाई मद्दत गर्न एक हजार सक्रिय सेना पठाएका छन् ।

गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीका कारण भएको विनाश हेर्न जर्जिया गएका थिए ।दुर्गम क्षेत्रमा बस्ने मानिसहरु सम्पर्कमा आउन सकेका छैनन् । गत बिहीबार अमेरिकामा आएको हेलेन आँधी चौथो श्रेणीको आँधी भएको बताइएको छ ।