राप्रपामा विभागीय प्रमुख हेरफेर र मनोनयन, राजनीतिक विभागमा रवीन्द्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् । उनले अन्य केही विभागमा प्रमुख मनोनयन गरेका छन् ।

अध्यक्ष लिङ्देनले संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई चयन गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

उनका अनुसार विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग(आईटी) प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई तोकिएको छ।