एभरेस्ट महिला भलिबल लिग : मधेश युनाइटेडमाथि काठमाडौँको रोमाञ्चक जित

 काठमाडौँ स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा रोमाञ्चक जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३–१ को सेटमा हरायो ।पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौँले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै २५–२३, २५–१५, २५–१८ को जित निकालेको थियो ।

काठमाडौँको यो लिगमा तेस्रो जित हो । यस जितसँगै काठमाडौँले चार खेलबाट नौ अङ्क बनाएको छ । चारवटै खेल गुमाएको मधेश अङ्कविहीन छ ।

असोज १९ गतेसम्म चल्ने लिगमा लिगमा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यशविस गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।