विपद्‍का बेला नेपालको साथमा छ भारत : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् ।

नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् ।नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए ।

नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी गराएका हुन् ।