जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लागे चिली

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गर्नुभएको छ ।

चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिख (असोज १९ र २०) मा हुन लागेको प्रोग्रेसिभ एलायन्सको ग्लोबल कन्फेरेन्समा सहभागी हुन अध्यक्ष यादव बिहीबार चिली प्रस्थान गर्नुभएको हो । 

अध्यक्ष यादव असोज २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । जनता समाजवादी पार्टी, नेपाल प्रोग्रेसिभ एलायन्सको सदस्य हो ।