पूर्वराजा ज्ञानेन्द्र भुटानमाः भ्रमण ‘निजी’, उद्देश्य ‘राजनीति’ !

निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन्। ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान गएका हुन्। 

उनलाई राजधानी थिम्पुमा राजकुमारीले स्वागत गरेकी छिन्। उनलाई विमानस्थलमा स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। 

भ्रमणका अन्य कार्यक्रमहरूबारे विस्तृत जानकारी गराइएको छैन। भ्रमणबारे जानकारी गराउन केहीदिनअघि एक सूचना सार्वजनिक भएको थियो। जसमा अन्य कुनै विवरण्ण उल्लेख थिएन।