पेट्रोलबाट शरीरमा आगो सल्किदा २ जना बालबालिका घाइते

पेट्रोलबाट शरीरमा आगो सल्किदा २ जना बालबालिका घाइते भएका छन् । 

घाइते हुनेमा फिदिम –४ का ११ वर्षीय बादल र १३ वर्षीय सोनिया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पॉचथरका सूचना अधिकारी बेनिलाल साहले जानकारी दिनुभयो ।

उहॉका अनुसार घाइते हुनुभएका दिदीभाइ हुन् । हिजो राति मैनबत्ती सल्काएर जर्किले टेम्पोमा पेट्रोल भर्दै गर्दा शरीरमा लटपटिएको पेट्रोलमा आगो सल्केको थियो । घाइते दुवैलाई विराटनगरको न्यूरो अस्पताल लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।