२४ घण्टामा सडकमार्ग हुँदै १० हजार ३७० सवारीसाधन उपत्यका भित्रिए

पछिल्लो २४ घण्टामा सडकमार्गका विभिन्न नाका हुँदै १० हजार ३७० सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् । ती सवारीसाधनमार्फत ५२ हजार २५४ यात्रु काठमाडौं उपत्यका भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको विवरणानुसार, उक्त अवधिमा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारीसाधन बाहिरिएका छन् । ती सवारीसाधनमार्फत ६१ हजार २८५ यात्रु उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जानकारी गराएको छ ।