सर्वोच्च अदालत आजदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने

 सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।

आज  एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो । 

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

460218771_886995863365927_3767480628572183246_n