विदेशी मुद्राको विनिमय दर : युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, कुबेती र बहराइन दिनार,  अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा छ।त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम भएको छ। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ।  त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा कायम भएको छ।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५३ पैसा कायम भएको छ। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची