आईफोन डेलिभर गर्ने क्रममा एक डेलिभरी एजेन्टको हत्या

भारतमा आईफोन डेलिभर गर्ने क्रममा एक डेलिभरी एजेन्टको हत्या भएको छ।

भारतको लखनाउमा भएको उक्त दुखद घटनामा क्यास अन डेलिभरी (सीओडी) विकल्प मार्फत अर्डर गरिएको आईफोन डेलिभर गर्ने क्रममा डिलिभरी कार्यकारीको रूपमा काम गर्दै आएका ३० वर्षिय भरत कुमारको हत्या भएको जनाइएको छ।

गजानन नामका एक अभियुक्तले फ्लिपकार्टबाट अर्डर गरेको १.५ लाख (१,७८७ अमेरिकी डलर) को स्मार्टफोन डेलिभरी गर्ने जिम्मा मृतक भरत कुमारलाई दिइएको उल्लेख गरिएको छ।सेप्टेम्बर २३ तारिखमा भरत डेलिभरी पूरा गर्न गजाननको घर रहेको चिन्हाट क्षेत्रमा गएका थिए। भरत त्यहाँ पुगेपछि गजाननले आफ्नो साथी आकाशसँग मिलेर भरतको घाँटी थिचेर हत्या गरी शवलाई इन्दिरा नहरमा फालिदिएका थिए।

भरत घर नफर्केपछि उनको परिवारले सेप्टेम्बर २५ मा बेपत्ता व्यक्तिको उजुरी दर्ता गराएपछि अपराधको खुलासा भएको थियो।अनुसन्धानको भागको रूपमा प्रहरीले भरतको अन्तिम ज्ञात स्थान उनको फोन रेकर्ड मार्फत ट्रेस गरेको जनाइएको छ। प्रहरीले आकाशलाई सोधपुछ गरेको र उनले अन्ततः अपराध स्वीकार गरेको उल्लेख गरिएको छ।

साथै पेमेन्ट भुक्तानी (पैसा नदिई) नगरी बहुमूल्य स्मार्टफोन चोरी गर्नु हत्याको कारण रहेको आकाशले खुलासा गरेको जनाइएको छ। प्रहरी रिपोर्टका अनुसार गजानन र आकाशले सीओडी भुक्तानी विकल्प अन्तर्गत फोन अर्डर गरेपछि लुट्ने योजना बनाएका थप उल्लेख गरिएको छ।

भरतको शवलाई नहरमा फाल्नुअघि बोरामा राखिएको थियो। स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) को सहयोगमा शवको खोजी कार्य जारी रहेको जनाइएको छ। प्रहरीले आकाशलाई पक्राउ गरेको भए तापनि गजानन भने फरार रहेको र उनलाई पक्राउ गर्ने प्रयास भइरहेको उल्लेख छ।

यस केस (घटना) ले डेलिभरी कामदारहरूले सामना गर्ने जोखिमहरूलाई हाइलाइट गर्दछ। विशेष गरी उच्च–मूल्य वस्तुहरू ह्यान्डल गर्ने डेलिभरी कामदाहरूले उच्च जोखिमहरूलाई सामना गर्ने थप उल्लेख गरिएको छ।

अधिकारीहरूले गजाननको खोजी जारी राखेका छन् र घटनामा संलग्न सबैलाई जवाफदेही बनाइने सुनिश्चित गर्दै विस्तृत अनुसन्धान हुने आश्वासन दिएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन।