जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

काठमाडौँ, १६ असारः सर्वोच्च अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको निक्षेपसमेतका रकम हिनमिना एवं अपचलन गरी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्न नमिल्ने भन्दै रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले आज जोशीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज हुने ठहर गरेको हो । काठमाडौँबाट पक्राउ परेका जोशीलाई हाल कास्की प्रहरीको हिरासतमा राखिएको छ । जोशीका तर्फबाट छोरा रोचक जोशीले थुनामुक्त माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवदेन सर्वोच्च अदालतमा दायर गर्नुभएको थियो ।

सहकारी ऐनअन्तर्गत ठगी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको, सोहीअनुसार जरुरी पक्राउ पुर्जी कास्की जिल्ला अदालतबाट यही असोज ७ मा स्वीकृत भएको उल्लेख गर्दै अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको आदेशमा उल्लेख छ ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीलाई प्रहरीले यही असोज ६ मा काठमाडौँबाट पक्राउगरी सुरुमा पाँच दिन र दोस्रोपटक सात दिनका लागि हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले अनुमति दिएको थियो ।

आदेशमा भनिएको छ, “कास्की जिल्ला अदालतबाट अनुमति प्राप्त भएबमोजिम हिरासतमा रहेको अवस्था देखिएका सन्दर्भमा निवेदकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा मागबमोजिम बन्दी प्रत्यक्षीकोरण आदेश जारी गर्न मिलेन, प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।”

आदेशमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको निक्षेपसमेतका रकम हिनमिना एवं अपचलन गरी ठगी गरेको भन्ने जून कसूरको अनुसन्धानको सिलसिलामा निवेदकलाई हिरासतमा राखिएको हो सोतर्फ हालसम्म प्राप्त कागजात हेर्दा मिति २०७७ असार २ गते सहकारीको गोर्खा फाइनान्समा रहेको चेकबाट १० लाख लिई  निवेदकले भुक्तानी लिएको भनी उल्लेख भएकामा सोही दिन निज निवेदकले गीतेन्द्रबाबु राईको नाममा बैंक चेकमार्फत उक्त १० लाख फिर्ता गरेको भन्ने देखिएको उल्लेख छ ।-रासस

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा (पूर्णपाठ)

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार…

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ : सर्वोच्च

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ …

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

‘सिधा कुरा’ले अदालतको मानहानि गरेको ठहरकाे(पूर्णपाठसहित)

‘सिधा कुरा’ले अदालतको मानहानि गरेको ठहरकाे(पूर्णपाठसहित)