इजरायली सैनिक लेबनान सीमामा ४०० मिटरभित्र पसे

लेबनानी सेनाले इजरायली सैनिक आफ्नो सीमामा ४०० मिटरभित्र पसेको बताएको छ।

यसअघि इजरायली सेनाले दक्षिणी लेबनानमा भएको झडपको जानकारी दिएको थियो।हिजबुल्लाहले पनि आफ्ना लडाकु र इजरायली सेनाबीच भिडन्त भएको दाबी गरेको थियो।लेबनानी सेनाले इजरायली सैनिकले संयुक्त राष्ट्र संघको नियन्त्रित ब्लु लाइन पार गरेको बताएको छ। जुन रेखाले इजरायलले कब्जा गरेको गोलान हाइट्सलाई लेबनानबाट अलग गर्छ।

हिजबुल्लाहका अनुसार उसका लडाकु इजरायली सेनासँग दुईपटक आमनेसामने भएका छन्।हिजबुल्लाहले मारुन अल-रस सहरमा घुसपैठ गर्ने इजरायली सैनिकहरूसँग झडप भएको बताएको थियो।

यो लेबनानी सहर इजरायल-लेबनान सीमाबाट करिब दुई किलोमिटर टाढा छ।