राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव

काठमाडौँ, १६ असोज : ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आजदेखि राजधानीमा दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दसैँ महोत्सव २०८१ सुरु भएको छ ।
 
 घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय सभागृहमा सुरु भएको मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन प्रदर्शनीमा राखिएका छन् ।
 
यस्तै स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफूल, चोयाको सामान, तयारी पोसाक, ढाकाका कपडा, ओखलमा कुटेका च्यूरालगायत बिक्रीमा राखिएको मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 
यही असोज २३ गतेसम्म चल्ने सो मेलामा लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनको करिब ७० वटा बिक्री कक्ष राखिएको छ