वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

नागरिकको २ अर्ब अपचलन गरेर एक वर्ष लुकेका मेयर देवकुमार नेपालीको जेल यात्रा

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जेल यात्रा सुरु गरेका छन्। सहकारीका नाममा आमनागरिकको २ अर्ब अपचलन गरेर परिवारसहित एक वर्ष विदेश लुकेका एमाले मेयर नेपाली ११ असोजमा मात्र भारतको दिल्ली विमानस्थलबाट पक्राउ परेका थिए। इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीलाई बागलुङ लगेर मुद्दा प्रक्रिया अगाडि बढाइएको थियो। १६ महिनासम्म लुकेका उनी महान्यायधिवक्ताले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचलनाउने निर्णय गरेपछि उनी एकाएक पक्राउ परेका थिए। उनले आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने बयान दिए पनि मंगलबार बागलुङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।  इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो।\

https://barnanmedia.com/news/detail/196965/ 

बार-बेन्च द्वन्द्वमा प्रोक्सी वार, कहिले होला वारपार ?

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध सर्वोच्च अदालत प्रशासनले नै अवहेलनासम्बन्धी मुद्दामा कारबाही अघि बढाएको छ। प्रशासनले उठाएको प्रतिवेदनका आधारमा घिमिरेविरूद्ध मुद्दा अघि बढिसकेको छ । उक्त मुद्दामा अब दसैँपछि मात्र सुनुवाइ हुनेछ । त्यतिन्जेल हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश भइसक्नेछन् ।   सर्वोच्च प्रशासनका अनुसार, स्वचालित प्रणालीअनुसार मुद्दाको पहिलो पेसी कात्तिक १ गते तोकिएको छ । पहिलो सुनुवाइका दिन प्रतिवेदन इजलासमा पेस भएपछि घिमिरेलाई झिकाएर बयान गराउने तयारी छ । यतिखेर बार अध्यक्ष घिमिरेविरूद्धको मुद्दाले न्याय क्षेत्र नै तरंगित भएको छ । अदालत प्रशासनले नै अवहेलनामा कारबाही गर्न प्रतिवेदन उठाएका आधारमा सर्वोच्चले दुई जना पत्रकारलाई कारागार पठाएकै बेला उही शैलीमा बार अध्यक्षका विरूद्धमा मुद्दा दर्ता भएकाले पनि यसका कम्पनहरू हालैको बाढीपहिरोले पैदा गरे भन्दा बढी शक्तिशाली देखिएका छन् । 

https://barnanmedia.com/news/detail/197005/ 

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल 

गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिनुभयो । बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

https://barnanmedia.com/news/detail/197057/ 

चरित्र हत्या गरेको आरोपमा विमानस्थलबाट एक युवक पक्राउ 

महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका ५ का २९ वर्षीय खगेन्द्र ऐरी बुधबार पक्राउ परेका हुन्।  उनी रोजगारीका लागि मलेसियामा थिए। तर बिद्युतीय अपराधको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भइसकेका उनलाई साइबर ब्यूरोले विमानस्थलबाटै पक्राउ गरेको हो। सामाजिक सञ्जालमा साथी बन्दा ती युवक र जाहेरवाला महिलाबिच म्यासेन्जरमा गोप्य तस्बिर पनि एकअर्कालाई पठाएका थिए।तर पछि ती युवकले फेक आइडी बनाएर तीनै तस्बिर महिलाका आफन्त तथा साथी भाइलाई पठाएको भन्दै महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।

गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना 

 दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पे नजिकै एम्बुलेन्स  दुर्घटनामा परेको छ। जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सुप्र०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर खोडपे नजिकै दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। दुर्घटनामा परेको एम्बुलेन्स जिल्ला अस्पतालको हो। एम्बुलेन्समा  एक गर्भवतीसहित ३ जना सवार थिए। एम्बुलेन्समा सवार सबै सकुशल रहेका र उनीहरूलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको छ। एम्बुलेन्सलाई नालीबाट निकालेर खोड्पे प्रहरीचौकीमा राखिएको छ।

नेपाल प्रिमियर लिगमा सहभागी हुने खेलाडीहरुको दर्ता सम्पन्न(सुचिसहित)

नेपाल क्रिकेट संघले आगामी नोभेम्बर ३० देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीहरुको दर्ता सम्पन्न गरेको जनाएको छ । असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो । जसमा ४२६ जना नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको संघका प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।त्यस्तै, दर्ता भएका कूल ४२६ जना खेलाडीहरु मध्येबाट एनपीएल लिग तयारी समितिले अक्सनमा सहभागी हुने १४२ जना खेलाडीहरुको सूची पनि प्रकाशित गरेको लामाले जानकारी दिए 

एभरेष्ट महिला भलिबल लिग : कर्णाली यसभिसकाे लगातार तेस्रो जित 

कर्णाली यसभिसले एभरेष्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप_को कभर्डहलमा ePsf] दिनको पहिलो खेलमा बुधबार कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।जितसँगै कर्णालीले तीन खेलबाट आठ अंक जोडेको छ। मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको कर्णालीले दोस्रो खेलमा गण्डकी ३–२ को  थियो।

अमेरिकाविरुद्ध इरानका सर्वोच्च नेताले के भने ? 

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले तेहरानमा भएको बैठकमा अमेरिका र केही अन्य युरोपेली देशविरुद्ध कडा शब्द प्रयोग गरेका छन्। उनले इजरायल–हिजबुल्लाह र हमासबीच जारी युद्ध र क्षेत्रीय तनावका लागि अमेरिका र केही युरोपेली देशलाई दोष दिँदै यी देशले यस क्षेत्रमा शान्ति ल्याउने झुटो दाबी गरेको बताएका हुन्। उनले यस क्षेत्रमा रहेका देशहरू शान्तिमा बस्नका लागि उनीहरूलाई यस क्षेत्रबाट 'गायब' गर्नुपर्ने बताएका छन्।खामेनीले हिज्बुल्लाह नेता हसन नसरल्लाहको हत्यामा शोक व्यक्त गरे।

दु:खका बेला सरकारको विरोध गरेर हुँदैन, उद्दार र राहतका काममा क्रियाशील हुनु : रवि 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरूसँग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभई वास्तविक रुपमै पीडितलाई सहयोग गर्ने गरि उद्धार र राहतका काममा क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् । राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नुपर्ने उनको भनाइ छ ।प्राकृतिक प्रकोपका घटना भइसकेपछि आफूले राज्यका निकायसँग जानकारी लिन खोज्दा विवरण नपाएको गुनासो उनले गरे ।

फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए

सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दा एकमुस्टरूपमा देखिने गरेको फलोअर्सको संख्या हराएको छ। फेसबुकमा बुधबारदेखि यस्तो परिवर्तन देखिएको हो। फेसबुकमा भेरिफाइड ब्याज पाएका र नपाएका दुवै किसिमको व्यक्ति तथा संस्थाको प्रोफाइलमा एकमुस्टरूपमा फलोअर्सको संख्या देखिने गरेकोमा हाल त्यस्तो संख्या केहिमा नदेखिने भएको हो।फेसबुककै संस्थापक मार्क जुकरबर्गको प्रोफाइलमा समेत त्यसरी फलोअर्स संख्या देखिएको छैन। तर, फेसबुकको मुख्य कम्पनी मेटाको फलोअर्स संख्या देखिन्छ।

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरागरी प्रदेशसभा बैठकको अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंले राससलाई बताउनुभयो ।

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरलरूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ? – यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई सोध्नुभएको प्रश्न हो । समितिका सदस्य कार्कीको जस्तै प्रश्न अर्का सदस्य ईश्वरी घर्तीको पनि छ । उहाँको प्रश्न थियो, “न्याय महँगो भयो, सर्वसाधारणले कसरी न्याय पाउने ? समितिका सदस्य डोरप्रसाद अर्यालको प्रश्न पनि कार्की र घर्तिसँग मिल्दो छ, “न्याय महँगो छ, गरिबले कसरी न्याय पाउने ? समितिका सदस्य आनन्दप्रसाद  ढुङ्गानाको भनाइ थियो, “जनताको आङ्काक्षाविपरीत न्यायालयले निर्णय गर्न भएन ।” त्यस्तै, समितिका अर्का सदस्य लीलानाथ श्रेष्ठको पनि भनाइ उस्तै छ, “सर्वोच्च अदालत न्याय पाउने अन्तिम आशा र भरोसाको केन्द्र हो, त्यसले न्याय मर्न नदिनेगरी निर्णय गर्नुपर्छ ।

इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा

इजरायलले आफ्नो मुलुकमाथि इरानको क्षेप्यास्त्र आक्रमणको विशेष रूपमा निन्दा गर्न असफल भएको आरोप लगाउँदै बुधबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको छ ।  जो कोहीले पनि इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न सक्तैन, ऊ इजरायली भूमिमा पाइला टेक्न योग्य छैन”, विदेशमन्त्री इजरायल काट्जले एक वक्तव्यमा भन्नुभयो, “उहाँ आतङ्कवादी, बलात्कारी र हत्यारालाई समर्थन गर्ने इजरायलविरोधी महासचिव हुनुहुन्छ ।” काट्जका अनुसार गुटेरेसले हमास, हिजबुल्लाह, हुथी र अब विश्वव्यापी आतङ्कवादको मातृशक्ति इरानका हत्याराहरूलाई समर्थन गर्नुहुन्छ र आउने पुस्तासम्म संयुक्त राष्ट्रसङ्घको इतिहासमा उहाँलाई एउटा दागका रूपमा सम्झिइनेछ ।

राहत लिएर गएको हेलिकप्टर आफैं बाढीमा डुब्यो

भारतीय वायुसेनाको एउटा हेलिकप्टर बिहारको बाढीमा आपतकालीन अवतरणका क्रममा डुबेको छ । कोशी नदी बिहार राज्यको दरभंगामा फुटेर बस्तीमा पसेपछि भएको डुबानमा फसेका मानिसलाई राहत-सामग्री बाँड्न पुगेको हेलिकप्टर आफैं डुबेको हो । राहत लिएर पुगेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि पानीमै अवरण गर्ने क्रममा डुबेको हो।

६ दिनदेखि बाटोमै अलपत्र चालकको बयान- सँगै जाममा बसेको एउटा गाडी त पहिरोसँगै सडकबाट तल खस्यो,डरले भोक न तिर्खा बनायो

गत शुक्रबार दिउँसो २ बजेतिर काठमाडौँका लागि हेटौँडाबाट हिँडेका चालक अमृत लामा अहिले पनि बाटोमै छन्। ७ जना यात्रु बोकेर हिँडेका उनी हेटौँडा–कुलेखानी–सिस्नेरी हुँदै ४ घण्टामै काठमाडौँ पुगिने सोचमा थिए। अघिपछि यो बाटोबाट काठमाडौँ छिचोल्न उनलाई ४ घण्टाभन्दा बढी लाग्दैन थियो पनि।  तर, सोच्दै नसोचेको भइदियो। प्राकृतिक विपत्तिले एउटा पसलसमेत नभएको ठाउँमा लामालाई यसरी अल्झाएर राखेको छ कि, उनी ६ दिनदेखि बाटोमै अलपत्र छन्। उनले चलाएको बागमती प्रदेश ०३–००१ ज ०६६६ नम्बरको ईभी भ्यान सँगै छ। दैनिक गुजारोको भाँडो उक्त भ्यान छाडेर लामा न हेटौंडा फर्कनै सकेका छन्, न त्यहाँबाट गुडाएर लाने कुनै उपाय नै।

थाई एयर एसियाले नेपालबाट नियमित उडान थाल्याे

 थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर एसियाको विमान अवतरण भएसँगै नियमित उडान सुरु भएको हो । थाई एयर एसियाले नेपालमा पहिलोपटक उडान सेवा थालेको हो । कम्पनीले काठमाडौंपछिबैंककबाट भैरहवा उडान गर्ने अनुमति पाएको छ ।पहिलो उडानमा बुधबार बैंककबाट १५६ यात्रु काठमाडौं आएका थिए । काठमाडौंबाट १५९ यात्रु बैंकक जाने छन् ।थाई एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिएको थियो ।

प्रस्तावित प्रधानन्यायाधीशको २४ बुँदे योजना(पूर्णपाठ) 

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संसदीय सुनुवाइ समितिसमक्ष २४ बुँदे कार्ययोजना पेस गरेका छन् । आज समितिमा सुनुवाइको क्रममा उनले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने प्रतिवद्धता जनाए । उनले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना पनि सुनाए । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको भन्दै उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढ्ने बताएका छन् । 

राष्ट्रसंघका महासचिव गुटेरेसलाई इजरायलमा प्रतिबन्ध 

इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । इजरायलका विदेशमन्त्री इजरायल कट्जले सामाजिक सञ्जालमा पोष्ट गर्दै गुटेरेसमाथि प्रतिबन्ध लगायेको जानकारी दिएका हुन् ।उनले लेखेका छन्- ‘जो कोही पनि इरानले इजरायलमाथि गरेको जघन्य हमलाको स्पष्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै किसिमको अधिकार छैन ।'