जुवा खेलिरहेका १६ जना प्रकाउ, ६ लाख ४२ हजार ५ सय रुपैयाँ नगद बरामद

कागेश्वरी मनहराबाट जुवा खेलिरहेका १६ जना प्रकाउ परेका छन् ।  सूचनाको आधारमा प्रहरीले बुधबार सनसिटी लाइफ बेकरीस्थित अनिता राईको साढे दुई तले घरको दोस्रो तलामा जुवा खेलिरहेका १६ जनालाई प्रकाउ गरेको हो । 

प्रहरीले जुवाखालबाट ६ लाख ४२ हजार ५ सय रुपैयाँ नगद, २२ थान मोवाइल, १७ थान काडौ, कौडा राख्ने भाडा १ थान, निलो फुलबुट्टे गलैँया १ थान र कालो कपडा १ थानसमेत बरामद गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर, चागुनारायण नगरपालिकाका ४२ बर्षिय नवराज श्रेष्ठ, सिन्धुली भिमान घर भएका धुम्बराही बस्ने ४० बर्षिय राजकुमार साह, भक्तपुर नगरपालिकाका ३५ बर्षिय कृष्ण शाही, कागेश्वरी मनोहरा नगरपालिकाकी ४० बर्षिया अनिता राई, रामछाप सुनापाती गाउँपालिका घर भई हाल बौद्ध कुमारी गाल बस्ने २८ बर्षिय राजेन्द्र पाण्डे, काभ्रेपलान्चोक मण्डनदेउजुर घर भई हाल भक्तपुर दवाकोट बस्ने ३० बर्षिय हरिष्ण पराजुली, जिल्ला दोलखा भिमेश्वर नगरपालिका घर भई हाल काँडाघारी बस्ने बर्ष ४२ का किरण थापा रहेका छन् । 

त्यस्तै, रामेछाप दोरम्बा गाउँपालिका भएर भएका हाल सातदोबाटो बस्ने २९ बर्षिय मिलन लामा, दोलखा कालिन्चोक गाउँपालिका घर भएका हाल काँडाघारी बस्ने ४२ बर्षका बच्चुराम विश्वकर्मा र कागेश्वरी बस्ने ५६ बर्षिय साधुराम तिवारी, सिन्धुली गोलान्जरका हाल बौद्ध नयाँबस्ती बस्ने बर्ष ३७ का रमेश लामा, मक‌वानपुर थाहा नगरपालिका घर भएका धोविघाट बस्ने सोमनाथ गोले पक्राउ परेका छन् । 

यसैगरी पक्राउ पर्नेमा दोलखा बैदेश्वर घर भई हाल धुम्बाराही बस्ने बर्ष ३७ का लक्ष्मण गजमेयर, दोलखा भिमेश्वरका हाल काडाघारी बस्ने ३५ बर्षिय क्रिस खाती, काभ्रे नमोबुद्ध घर भएका हाल बौद्ध बस्ने २५ बर्षिय प्रेम श्रेष्ठ र दोलखा कालिन्चोक घर भएका हाल काँडाघारी बस्ने ३८ बर्षि राज लामिछाने रहेका छन् ।