नेपाल प्रिमियर लिगमा सहभागी हुने खेलाडीहरुको दर्ता सम्पन्न(सुचिसहित)

नेपाल क्रिकेट संघले आगामी नोभेम्बर ३० देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीहरुको दर्ता सम्पन्न गरेको जनाएको छ ।

असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो । जसमा ४२६ जना नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको संघका प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।त्यस्तै, दर्ता भएका कूल ४२६ जना खेलाडीहरु मध्येबाट एनपीएल लिग तयारी समितिले अक्सनमा सहभागी हुने १४२ जना खेलाडीहरुको सूची पनि प्रकाशित गरेको लामाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको अक्सन असोज २० गते हुने संघले जनाएको छ ।