प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सर्वसम्मत अनुमोदन

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सर्वसम्मत अनुमोदन भएका छन्। बुधबार संसदीय सुनुवाइ समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो। 

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। 

त्यसपछि समितिले राउतविरुद्ध उजुरी आह्वान गरेको थियो। उनीविविरुद्ध ६ वटा उजुरी परेको थियो।  समितिले मंगलबार उजुरीकर्तासँग भिडिओ वार्ता गरेको थियो। लगत्तै बुधबारको बैठकमा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।  त्यसपछि उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गरिएको हो।