फिल्म ‘१२ गाउँ’ काे टिजर २४ घण्टा नपुग्दै ट्रेन्डिङमा

 एक्सन स्टार बिराज भट्टको निर्देशन अभिनय रहेको फिल्म हो ‘१२ गाउँ’ । फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा बुधबार ट्रेलर ल्याएको थियो । ट्रेलर युट्युबको ट्रेन्डिङमा आउन सफल भएको छ । 

ट्रेलरले सार्वजनिक भएको २२ घण्टामा ६ लाख बढी भिउज पाउँदै ट्रेन्डिङमा आउन सफल भएको छ । ट्रेलर अहिले युट्युब ट्रेन्डिङको सातौँ स्थानमा छ । । ट्रेलरलाई ६४ हजारले लाइक गरेका छन् भने थुप्रैले प्रतिक्रिया जनाएका छन् । ट्रेलरमा बिराज भट्ट र नव–नायक समीर भट्टको भरपुर एक्सन देख्न सकिन्छ । 

फिल्ममा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतकाको अभिनय छ ।

फिल्मको निर्माण पनि बिराज आफैले गरेका हुन् ।  फिल्ममा अर्जुन पोखरेल र नीरज सिंहको सङ्गीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, महेश पौडेल र राजु लामाको डीओपी, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।