सभापति लामिछानेले सबै कार्यकर्तालाई पार्टी कार्यालय बोलाए

काठमाडौँ, १६ असोज :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् ।

सभापति लामिछानेले आज दिउँसो दुई बजे पार्टी कार्यालयमा सार्वजनिक भेटघाट कार्यक्रम गर्नेछन् ।

उनले देशको अधिकांश भागमा बाढी, पहिरो र जनधनको क्षति लगायतका विषयमा छलफल गर्ने रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

छलफलका लागि सभापति लामिछानेले सबै कार्यकर्तालाई पार्टी कार्यालय बोलाएका छन् ।