इजरायलमा इरानले मिसाइल हमलापछि तेहरानका सडकमा मानिसहरुले खुसी मनाए

इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुसी मनाएको देखिएका छन् ।

बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले यहाँ पनि उत्सव मनाए ।यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो । कतिपयले पटाका समेत पड्काएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने कुरा गरेका छन् । उनले भने, ‘इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ । हामी हाम्रो नियममा अडिग रहनेछौं। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौं ।'