आज पनि धेरै वर्षाको सम्भावना : यी नदी र खोलामा बाढीको जोखिम

देशका केही भू–भागमा आज पनि धेरै वर्षाको सम्भावना रहेकोले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोसी प्रदेशका अधिकांश नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । 

ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका नदी तथा खोलामा बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोसी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको त्यस क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले समेत आग्रह गरेको छ । 

 

 

12