स्पेनका फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट लिए सन्यास

स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट सन्यास लिएका छन् । ४० बर्षिय इनेस्टाले आफ्नो सन्यासको अक्टोबर ८ मा घोषणा गर्ने बताइएको छ ।

इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध रहेका छन् । इनेस्टाले अब कोचिङमा काम गर्ने बताइएको छ । उनले यस अघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए ।

बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६७४ खेल खेल्दै ५७ गोल गरेका छन् ।

बार्सिलोना छोडेपछि उनले जापानी क्लब भिसेल कोबेमा ५ बर्ष खेलेका थिए । इनेस्टाले स्पेनको राष्ट्रिय टिमबाट भने २०१८ मै सन्यास लिएका थिए ।