धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा आफूले ५ अर्ब खान लागेको भन्ने प्रचार गलत हाे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा आफूले ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरिएको बताउनुभएको छ ।

बाढीपहिरो र त्यसपछिको अवस्थाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस्तो प्रष्टीकरण दिनुभएको हो । तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूमाथि आरोप लगाएर भ्रामक प्रचार गराएको ओलीको दाबी छ । 

त्यतिबेला एमाले सरकारमै भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै उहाँले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिनेकुरा आफूले नगरेको बताउनुभयो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान