नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर स्वदेश फिर्ता

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर स्वदेश फिर्ता भएका छन्। उनी ग्रीसको एथेन्समा आयोजनामा भएको ३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी हुन गएका थिए।

मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएको सो कन्फरेन्समा आईजीपी कुँवर सहभागी भएका थिए। आज उनी स्वदेश फिर्ता भएको बताइएको छ। उनको साथमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्य पनि ग्रीस पुगेका थिए। उनीहरु दुवैजना असोज ७ गते ग्रीस प्रस्थान गरेका थिए।

यता आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका थिए।