लगातार ओरालो लागेकाे सियर बजार प्रधानमन्त्री भन्छन्- फेरि माथि उठ्ने आशा गरेको छु

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सेयर बजार फेरि माथि उठ्ने आशा आफुले गरेको बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको सेयर बजार सम्बन्धि प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सेयर बजार फेरी माथि उठ्ला भन्ने आशा आफुले गरेको बताएका हुन् । 'सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढीपहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,' उनले भने । 

यस्तै सेयर बजारसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोप आफुले नपत्याएको दाबी गरेका छन् । 'बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा मलाई पत्यार लागेको छैन । मलाई किन कसैले ५ अर्ब दिन्छ ? मैले भनेकै छु म कमिसनका लागि का गर्ने होइन, देशका लागि गर्ने हो, म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हु ।' उनले भने । हु
हेर्नुहोस् भिडियो: