वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

न्यायमूर्तिको तेजोबध गर्ने सुनुवाइ प्रथा बन्द गर !

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमान सिंह राउतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषद्ले सर्वसम्मत सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनका विरुद्धमा उजुरी आह्वान गरेको छ ।  राउतका विरुद्धमा सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन् । उजुरीमा राउतको आचरणदेखि उनले गरेका फैसला र आदेशसम्ममा प्रश्न उठाइएको छ । केही उजुरीकर्ताले सर्वोच्च अदालत र भावी प्रधानन्यायाधीशको योजनाका बारेमा प्रश्न गरेका छन् । केही उजुरीमा उनी कांग्रेसनिकट रहेको, उनका आदेश र फैसलामा दलीय पक्षधरता देखिएको भनेर आरोप लगाइएको छ ।

https://barnanmedia.com/news/detail/196815/ 

एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय

नेकपा (एमाले)को सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे पनि बैठकलाई अवगत गराएका थिए 

https://barnanmedia.com/news/detail/196849/ 

राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण 

राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बैँकप्रति धन्यवाद  दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो ।

https://barnanmedia.com/news/detail/196887/ 

अदालतले आमाको भूमिका खेल्यो, धेरै धन्यवाद : दुर्गा प्रसाईं

दुईवटा मुद्दामा आफ्नै घरबाट पक्राउ परेका विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ जिल्ला अदालतले आमाको भूमिका खेलेको टिप्पणी गरेका छन्।  विकृति, विसंगति र नालायक जन्मिएपछि अदालतले आमाको भूमिका गर्नुपर्ने आफूलाई लागेको भन्दै जिल्ला अदालतले सो भूमिका निर्वाह गरेको उनले बताए। ‘न्याय मरेको छैन। विकृति, विसंगति र नालायक जति जन्मिन्छन्, त्यतिबेला आमाको भूमिका अदालतले आमाको भूमिका गर्नुपर्छ भन्ने मलाई लागेको थियो। आमाको भूमिका आज काठमाडौँ जिल्ला अदालतले गरेको छ। धेरै धेरै धन्यवाद,’ मंगलबार अदालतबाट रिहाइ भएपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले भने।

https://barnanmedia.com/news/detail/196914/  

आज राति कहाँ—कहाँ छ हावाहुरी र वर्षाको सम्भावना?

हाल कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोसी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  महाशाखाका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  तर कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  मौसम महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ। भारतको उत्तरपूर्व असम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।

https://barnanmedia.com/news/detail/196917/

सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लीला पछाईं पक्राउ

सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मीको मुसीकोट नगरपालिका–४ स्थायी घर भइ ललितपुर १५, खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईंलाई पक्राउ गरेको छ।प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। उनीमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ। प्रहरीका अनुसार सहकारीबाट लगेको सो पैसाबाट उनले चल–अचल सम्पत्ति खरिद गरेको तथा शेयर कारोबारसमेत गर्ने गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।लीला पछाईं र जीबी राईबीचको सम्बन्ध के हो भन्ने प्रहरीले खुलाएको छैन। लीला यो सहकारी प्रकरणमा नाम किटान भएकी र फरार सूचीमा भएकी व्यक्ति पनि हैनन्।

https://barnanmedia.com/news/detail/196916/

दक्षिणी लेबनानका मानिसलाई आफ्नो घर खाली गर्न इजरायलकाे उर्दी

इजरायलले दक्षिणी लेबनानका केही भागका मानिसलाई आफ्नो घर खाली गर्न उर्दी जारी गरेको छ।  सोसल मिडियामा पोस्ट गरी इजरायल रक्षा बलका प्रवक्ता अविचाइ एन्ड्रिले प्रभावित हुनसक्ने करिब २५ गाउँको सूची दिएका छन्। उनले इजरायली सेना उनीहरूलाई कुनै हानि गर्न नचाहेहने उल्लेख गरेका छन्।  उनले भनेका छन्, ‘हिजबुल्लाहले आफ्नो सैन्य आवश्यकताका लागि प्रयोग गरिरहेका कुनै पनि घर निशाना बन्न सक्छ।’ एन्ड्रीले मानिसहरूलाई तुरुन्तै अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका छन् उनले जनता दक्षिणतर्फ नजान सुझाव दिएका छन्।

नेपालको विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ

नेपालको विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ। यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जाने गरेको तथ्य खुलेको छ। प्रहरीले उनीहरुलाई ओभरस्टे र अन्य गैरकानुनी गतिविधिको आरोपमा पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो। विभागले सोधपुछ गर्दा उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान आएको बयान दिएका हुन्।

काठमाडौं-नारायणघाट दिउँसो मात्रै बस चल्ने

 अब काठमाडौंबाट नारायणघाट जाने बस उज्यालोमा मात्रै हिँड्न पाउने भएका छन् । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच भएको छलफलमा उज्यालोमा मात्रै यात्रा गर्ने सहमति भएको हो । दसैंका लागि खुलेको अग्रिम टिकट भने अवस्था हेरेर मात्र काटिने भएको छ । यसभन्दा पहिले काटिएको टिकटका यात्रुलाई भने पहिले प्राथमिकता दिइने भएको छ । त्यस्तै, पहिरो आइ वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरुलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्न निर्णय भएको छ ।

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

प्रधानसेनापति अशोकराज सिग्देलले विभागीय प्रमुख र पृतनापतिसहितका सबै तहका कमाण्डरलाई उच्चस्तरीय तयारीकासाथ कार्यक्षमताको विकास गर्न निर्देशन दिनुभएको छ । पृतनापति समन्वयात्मक बैठक समापन कार्यक्रममा उहाँले सकलदर्जामा सामूहिक भावना र एकढिक्कापन अभिवृद्धि गर्न जोड दिनुभयो । यसअघि बैठकमा पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवद्वारा निर्देशन

खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीबाट ललितपुरको सैँबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगति प्रस्तुति कारण तथा छलफलबारे आज आयोजना गरेको कार्यक्रममा उहाँले सिस्नेरी खानेपानी आयोजनाका काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिनुभयो । मन्त्री यादवले भन्नुभयो, “उपत्यकावासीका १२ महिना पानी खान पाउने सपना पूरा हुन सकेका छैनन्, अब हामीले सिस्नेरीको पानी उपत्यकामा पुर्‍याएर यहाँका जनताको सपना सकार गर्नु आवश्यक छ, सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउनुहोस् ।” उहाँले सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्रालयको पूर्ण सहयोग रहने आश्वासन समेत दिनुभयो ।

चीनमा छुरा प्रहारबाट ३ जनाको मृत्यु, १५ व्यक्ति घाइते

चीनको सांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति भएको छुरा प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। चिनियाँ प्रहरीले घटनास्थलबाट लिन नामका ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार सांघाई आएका ती व्यक्तिले व्यक्तिगत आर्थिक कारण रिसाएर त्यस्तो घटना गराएका हुन्। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको छ। बीबीसीका अनुसार यो घटना साङ्जाङस्थित एक सपिङ मलमा भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते भउका तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी व्यक्तिलाई गम्भीर चोटपटक लागेको छैन र उनीहरू खतरामुक्त रहेको बताइएको छ।

दसैँमा घर आउने तयारीमा थिए, पहिरोले सपना चकनाचुर गरिदियो,छोरीलाई धनगढी पढाउने भन्थे

बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, देउमडाका २६ वर्षीय शंकर चन्द नेपाली सेनाका जवान थिए। दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरक्षामा उनी तैनाथ थिए।  उनले शनिबार बिहान साढे १० बजेतिर आफ्ना बुवाआमालाई सम्पर्क गर्न खोजे। शंकरले आमाबुवासँग कुराकानी गर्न गाउँकै छिमेकी नातेदारलाई सम्पर्क गर्थे। त्यस दिन नातेदार घाँस काट्न गएका बेला परेछ। १२ बजेतिर घर गएपछि मात्र बुवाआमासम्म कुरा पुग्यो।

सुन तस्करी : अवैध सुनसहित एक जना पक्राउ

 हेटौंडाबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् । ४९०.८८ ग्राम सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार सुनसहित भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    सर्राफलाई चेकजाँच गर्दा उनले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा सुन बरामद भएको थियो । बिल बिजक नभएको बिस्कुटको आकारको टुक्रा ४ थान, सानो टुक्रा १ थान, सिक्री १ थान सुन फेला परेको प्रहरीको भनाई छ । उक्त सुनको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको र उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 

बाढीपहिरोले अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरूको उद्धार

यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ।  भारी वर्षका कारण धनजनको क्षति हुन थालेपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उद्धार गरिएको हो। त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।  

जम्मु–कश्मीर निर्वाचन : साँझ छ बजेसम्म ६५ दशमलव ४८ प्रतिशत मतदान

जम्मु र कश्मीरको केन्द्र शासित प्रदेशमा अन्तिम चरणको मतदानमा मङ्गलबार साँझ छ बजेसम्म ६५ दशमलव ४८ प्रतिशत मतदान भएको छ ।  भारतको निर्वाचन आयोगद्वारा साझा गरिएको तथ्याङ्कअनुसार उधमपुरले ७२ दशमलव ९१ प्रतिशतको उच्चतम मतदान प्रतिशत रेकर्ड गरेको छ । त्यसपछि साम्बा ७२ दशमलव ४१ प्रतिशत, कठुआ ७० दशमलव ४३ प्रतिशत, जम्मू ६६ दशमलव ७९ प्रतिशत, बान्दीपोरा ६३ दशमलव ३३ प्रतिशत र बारामुला ५५ दशमलव ७३ प्रतिशत रहेका छन् ।

एभरेष्ट महिला भलिबल लिग : कर्णालीको लगातार दोस्रो जित

कर्णाली यसभिसले एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलबार भएको दिनको पहिलो खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३-२ को सेटमा रोमाञ्चक जित निकालेको हो। पहिलो सेटमा गण्डकीले २५-१५ को सहज जित निकालेको थियो। त्यसपछिका कर्णालीले दुई सेट २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्दै २-१ काे अग्रता लियो। चौथो सेटमा गण्डकी २५-१९ ले विजयी भएपछि खेल पाँचौं सेटमा पुग्यो।

यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

नेपाली कांग्रेसले बाढीपहिरोका कारण बीच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालनगरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।    उहाँले कैयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेका र गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमा अलपत्र परेका समाचार आइरहेकाले उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न माग गरिएको बताउनुभयो । बैठकका निर्णयबारे प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “प्राकृतिक प्रकोपले कैयौँ ठूलासाना सडक अवरुद्ध भएका छन्, कैयौँ पुल भत्किएका छन् । यसले आवागमनमा असर परेको छ । चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्दै छ ।

राज्य व्यवस्था समितिमा सांसदको प्रश्न : विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?

सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गर्नुभएको छ । राज्यव्यवस्था समितिको आजको बैठकमा उहाँहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । बाढीपहिराका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उहाँहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पु¥याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।