दक्षिणी लेबनानका मानिसलाई आफ्नो घर खाली गर्न इजरायलकाे उर्दी

इजरायलले दक्षिणी लेबनानका केही भागका मानिसलाई आफ्नो घर खाली गर्न उर्दी जारी गरेको छ। 

सोसल मिडियामा पोस्ट गरी इजरायल रक्षा बलका प्रवक्ता अविचाइ एन्ड्रिले प्रभावित हुनसक्ने करिब २५ गाउँको सूची दिएका छन्। उनले इजरायली सेना उनीहरूलाई कुनै हानि गर्न नचाहेहने उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘हिजबुल्लाहले आफ्नो सैन्य आवश्यकताका लागि प्रयोग गरिरहेका कुनै पनि घर निशाना बन्न सक्छ।’ एन्ड्रीले मानिसहरूलाई तुरुन्तै अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका छन् उनले जनता दक्षिणतर्फ नजान सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘हामी तपाईंलाई घर फर्कने सुरक्षित समयबारे जानकारी दिनेछौँ।’