काठमाडौं-नारायणघाट दिउँसो मात्रै बस चल्ने

 अब काठमाडौंबाट नारायणघाट जाने बस उज्यालोमा मात्रै हिँड्न पाउने भएका छन् ।

आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच भएको छलफलमा उज्यालोमा मात्रै यात्रा गर्ने सहमति भएको हो । दसैंका लागि खुलेको अग्रिम टिकट भने अवस्था हेरेर मात्र काटिने भएको छ ।

यसभन्दा पहिले काटिएको टिकटका यात्रुलाई भने पहिले प्राथमिकता दिइने भएको छ । त्यस्तै, पहिरो आइ वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरुलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्न निर्णय भएको छ ।

देशभरीको विपद सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सम्प्रेषण गर्ने भएको छ ।