आज राति कहाँ—कहाँ छ हावाहुरी र वर्षाको सम्भावना?

हाल कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोसी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  तर कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  मौसम महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ। भारतको उत्तरपूर्व असम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।