अदालतले आमाको भूमिका खेल्यो, धेरै धन्यवाद : दुर्गा प्रसाईं

दुईवटा मुद्दामा आफ्नै घरबाट पक्राउ परेका विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ जिल्ला अदालतले आमाको भूमिका खेलेको टिप्पणी गरेका छन्।  विकृति, विसंगति र नालायक जन्मिएपछि अदालतले आमाको भूमिका गर्नुपर्ने आफूलाई लागेको भन्दै जिल्ला अदालतले सो भूमिका निर्वाह गरेको उनले बताए। 

‘न्याय मरेको छैन। विकृति, विसंगति र नालायक जति जन्मिन्छन्, त्यतिबेला आमाको भूमिका अदालतले आमाको भूमिका गर्नुपर्छ भन्ने मलाई लागेको थियो। आमाको भूमिका आज काठमाडौँ जिल्ला अदालतले गरेको छ। धेरै धेरै धन्यवाद,’ मंगलबार अदालतबाट रिहाइ भएपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले भने।

उनले आफूलाई बयानका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमाथि किन यस्तो बोलेको भन्दै प्रश्न गरेको बताए।  ‘केपी ओलीलाई किन यस्तो भनेको? प्रचण्डलाई किन यस्तो भनेको? शेरबहादुरलाई किन यस्तो भनेको? भनेर सोधियो,’ प्रसाईंले भने।  काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन्।