सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

 सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।

यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।