अध्यक्ष प्रचण्डले बल्खुका बाढीपीडितहरूलाई भेट्न पुगे

 नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तरक्रिया गरेका छन् । 

सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन गर्नुका साथै अध्यक्ष प्रचण्डले त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाए । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका हुन् ।

WhatsApp Image 2024-10-01 at 15.02.54_29c4ba4fWhatsApp Image 2024-10-01 at 15.02.47_2c2f2989