महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौँ, १५ असोजः २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदभूमी गाउँपालिका–४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।