४ घण्टा टिनको छानामा बस्दा काठमाडौँमा भिजिलिबिटी थिएन भनेर पत्यादिनुपर्ने ?

काठमाडौँ, १५ असोज : जसपा नेपालका सांसद प्रकाश अधिकारीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारको कमजोरीले राज्य नै नभएको जस्तो अनुभूति भएको बताएका छन् । 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । काठमाडौँमा बाढीबाट बच्न ४ घण्टा टिनको छानामा बस्दापनि उद्धार हुन नसकेको उल्लेख गर्दै उनले गृहमन्त्रीले उद्धार गर्न भिजिलिबिटी भएन भनेर जवाफ दिएको बताए । 

‘काठमाडौँमा भिजिलिबिटी थिएन भनेर पत्यादिनुपर्ने ?उनले अगाडि भने, ‘चाडपर्वका बेला लाखौँ मान्छे काठमाडौं बाहिर जान्छन् । प्लेनले ४ गुणासम्म भाडा बढाएको छ, सरकार कहाँ छ ?चाडपर्वका बेला मनलाग्दी बजार भाउ बढाएको छ । कसले हेर्ने, कसले नियन्त्रण गर्ने ? अहिले यस्तो भएको छ कि यहाँ राज्य नै छैन जस्तो भएको छ ।