पहिरोका कारण कालीगण्डकी करिडोरको बाटो अवरुद्ध

पहिरोका कारण कालीगण्डकी करिडोरको बाटो अवरुद्ध भएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर अर्बेनी सडक खण्डको लत्रेमा सडकमाथिबाट ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

सडक खुलाउन दुईवटा एक्साभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । ढुङ्गासहितको ठूलो पहिरो रहेकाले सडक खुलाउन समय लाग्ने उहाँको भनाइ छ । 

जति सक्दो छिटो सडक खुलाउन पहल भइरहेको पोखरेलले बताउनुभयो । सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवलसम्म चल्ने सवारी साधनहरु चल्न सकेका छैनन् ।  छोटो दूरीका सवारीहरु पनि चल्न नसकेको स्थानीयले बताएका छन् ।