घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, १५ असोजः:नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।