मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो (सोमबार) राती गौरीगंगा नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको हो ।

चौधरी सवार बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मल्ल सवार से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।