नेपाल प्रिमियर लिग : चितवनको लोगो र नाम घोषणा

 नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली चितवनले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

चितवनले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम चितवन राइनोज रहनेछ ।

चितवनको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल छन् । चितवनको स्वामित्व चितवन मेडिकल कलेजसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

टिममा रहने अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन् ।