अझै मुख्य राजमार्गका २० स्थानमा सडक पूर्ण अवरोध (सूचीसहित)

 असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण अवरुद्ध भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । 

नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार उपत्यकाका काठमाडाैँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । 

काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ । 

कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

12